पर्यटन मन्त्री भट्टराई कांग्रेस सभापति देउबा निबासमा



काठ्माण्डौ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउबा निबास बुढानिलकण्ठ पुगेका छन ।

देउवालाई भेट्न भट्टराई  शनिबार बिहान बुढानिलकण्ठ पुगेका हुन ।

भेटघाटमा भएका छलफलका विषयमा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,‘मैले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु।’

मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिएको भट्टराईले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

उनले शभापती देउबालाई धन्यबाद समेत दिएका छन । सभापती देउबा सगको भेटघाटकाक्रममा भएका कुराकानिको बिषयमा उनले थप केहि खुलाएका छैनन ।

प्रकाशित मिति : भदौ १४, २०७६ शनिबार  ६ : २५ बजे