खगेन्द्र भण्डारी , स्याङ्जा –
काँग्रेस महामन्त्री डा . शंशाक कोईरालाले कम्युनिष्ट सरकारको पालामा देश भ्रष्टाचारमा चुर्लुम्मै डुब्न लागेको बताएका छन ।
नेपाल महिला संघ स्याङ्जाद्धारा प्रकाशित ‘शक्ति’ नामक पुस्तक विमोचन गर्दै महामन्त्री कोईरालाले केन्द्र देखी गाउ तहसम्म बढ्दै गएको भ्रष्टाचार रोक्न नसके बिकाश र सम्बृद्दिको बाटोमा देश अझै पछाडी धकेलिने बताएका हुन ।
कार्यक्रममा बोल्दै कोइरालाले बर्तमान सरकार सुशासन प्रती जिम्मेवार नहुँदा देशमा संस्थागत भ्रष्टाचार र सार्वजनिक सम्पत्तिको दुरुपयोग अत्याधिक बढेको भन्दै चिन्ता ब्यक्त गरे ।महामन्त्री कोइरालाले देशमा कांग्रेसको बिकल्प नभएको उल्लेख गर्दै अब कांग्रेसलाई रुपान्तरण गर्नुको बिकल्प नभएकोमा जोड दिए । कोइरालाले अब जनाताको मन जित्ने गरी काम गर्न थाल्नु पर्नेमा जोड दिए । कांग्रेसलाई रुपान्तरण नगरे सम्म जनताले बिश्वाश गर्ने परिसथिती देखिएन भन्दै कोइरालाले सुसाशन र न्याएको पक्षमा उभिने बनाउन अब पार्टिमा नेतृत्व परिवर्तन सहित युबाहरुलाई बिषेष भूमिका दिन जरुरी रहेको उल्लेख गरे ।
जनताले कम्युनिष्ट पार्टीहरुको बिकल्प खोजे पनि कांग्रेसलाई बिश्वाश गर्न नसकिरहेकोतर्फ सचेत गराउदै कोइरालाले अब सुझ्बुझ्पुर्ण तरिकाले पार्टिको नेतृत्व परिवर्तन गर्नुको कुनै बिकल्प नभएको जिकिर गरे ।
फरक प्रसङ्गमा बोल्दै महामन्त्री कोईरालाले धार्मिक स्वतन्त्रता भएको देशमा गौ हत्या क्ष्म्य नभएको बताएका छन ।नेपालगञ्जबाट दैलेख लैजाने क्रममा १५० गाईमध्ये सुर्खेतको कटुवा जंगलमा २३ वटा गाईको मृत्युको घटना दुखद भएको भन्दै कोइरालाले गौहत्याको तत्काल छानबिन गरी दोशिलाई कडा कारबाही गर्न सरकार सग माग गरे ।
यसै बिच स्याङ्ग्जा काँग्रेसभित्रको विभाजनलाई लिएर नेपाली काँग्रेस स्याङ्ग्जाका नेता कार्यकर्ताहरुले चिन्ता ब्यक्त गरेका छन ।
पार्टी विभाजन तिर उन्मुख भएकोमा उनिहरुले चिन्ता प्रकट गरेका हुन ।जिल्लाको वालिङमा पार्टीका महामन्त्री डा . शंशाक कोईरालाले नेपाल महिला संघ स्याङ्जाद्धारा प्रकाशित ‘शक्ति’ नामक पुस्तक विमोचन गरिरहदा केन्द्रिय सदस्य तथा स्याङ्ग्जा काँग्रेसका नेता गोपालमान श्रेष्ठ तीज विशेष कार्यक्रममा जिल्लाको चापाकोट पुगेका थिए ।
“पार्टीका नेता एकैदिन जिल्लामा भएको फरक फरक कार्यक्रममा सहभागि भएपछि कार्यकर्ता निराश छन् ।” काँग्रेस स्याङ्जा क्षेत्र नं । १ का क्षेत्रिय सभापति तुलसीराम रेग्मीले भने, “जिल्लाका कार्यबहाक पार्टी सभापतिले आवश्यक समन्वय नगर्दा समस्या सृजना भयो ।” सुझबुझका साथ आवश्यक निर्णय लिन नसक्ने हो भने काँग्रेस स्याङ्जा थप विभाजित हुने विकल्प नरहेको उनको बुझाई छ ।
नेता गोपालमान श्रेष्ठ केन्द्रिय सदस्य हुँदा हुँदै जिल्लामा चर्को गुटबन्दी गर्न लाग्नु दुखद भएको नेपाली काँग्रेस स्याङ्ग्जाका नेता कार्यकर्ताहरुले बताउने गरेका छन ।स्याङ्जा काँग्रेसका सभापति कमलप्रसाद पंगेनीको २०७५ साउनमा निधन भएको एक वर्ष बितिसक्दा समेत जिल्ला अधिवेशन नगरि तत्कालिन पार्टी सचिव कुमार रानालाई कार्यबहाक सभापति बनाएपछि पार्टी औपचारिक रुपमा विवादमा फसेको र केन्द्रिय सदस्य श्रेष्ठ पक्ष कार्यबहाक मार्फतै पार्टी संचालन गर्ने रणनीतिमा लागेपछि पार्टीमा बिबाद बढेको काँग्रेस स्याङ्ग्जाका नेता कार्यकर्ताहरुको गुनासो रहेको छ ।










