भागबन्डामा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको बिरुद्दमा नेविसंघको खबरदारी



काठमाडौं–

भागबन्डामा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको बिरुद्दमा नेविसंघले खबरदारी र्यााली निकालेको छ। भागबण्डामा हुने नियुक्तिले विश्वविद्यालयको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडा भएको भन्दै नेविसंघले काठ्माण्डौमा खबरदारी र्यााली निकालेको हो ।माइतीघर मन्डलाबाट निकालिएको र्यादली बानेश्वर पुगेर टुंगिएको थियो।

र्याली पछिको सभामा बोल्दै नेविसंघका निबर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गरे । उनले भागबन्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए।सभामा बोल्दै नेबिसंघ निवर्तमान उपसभापति रामप्रसाद अधिकारीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबन्डा नरोकिए कडा संघर्षमा उत्रने चेतावनी दिए।

र्याली नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा आयोजना गरिएको हो

नेबिसंघ नेता निमा गिरी, गोपि शिवाकोटी, बिपिन अधिकारी, सुदिप शर्मा, हरि आचार्य, लगाएत विद्यार्थी नेताहरुको र्यालिमा उपस्थिति थियो।

प्रकाशित मिति : भदौ १५, २०७६ आइतबार  ९ : ०९ बजे