काठमाडौं, १६ भदौ –
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली यही शुक्रबार स्वदेश फर्किने भएका छन् । भोलि बुधवार सम्म सातौं चरणको उपचार प्रक्रिया सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने भएका हुन् ।
आईतबार नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको फोनवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी गराउँदै शुक्रबार आउने बताएका हुन् । नेता नेम्बाङसँगको कुराकानीमा ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत आग्रह गरेका थिए ।भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।
हिजोमात्रै प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा . दिव्या सिंहलाई उद्धृत गर्दै प्रेस सल्लाहकार डा । कुन्दन अर्यालले पनि बुधबार नै उपचार प्रक्रिाय पूरा हुने बताएका थिए ।










