नेतालाई बिबादमा तान्नु दुखद भएको सोलुखुम्बु कांग्रेसको निष्कर्श



सोलुखुम्बु-

कांग्रेस सोलुखुम्बुका सभापति बिनोदकुमार बस्नेतले नेपाली कांग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिमा बिबाद गर्नुको औचित्य नभएको प्रष्ट पारेका छन ।शभापती बस्नेतले पार्टीको विधानमा उल्लेख गरिएको व्यबस्था अनुसार नै सम्पर्क समिति गठन गरिएको बताएका छन्।

सभापति बस्नेतले नेपाली कांग्रेस सोलुखुम्बुले सम्पर्क समिति गठन गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको समेत नाम जोडेर उनलाई बिबादमा पार्ने प्रयास गरिएकोमा दुःख व्यक्त गरेका छन्।

बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली कांगे्रसको विधान २०१७, नवौं संशोधन २०७५ को परिच्छेद ११ को ४१ (२) मा जिल्ला सम्पर्क समिति गठन सम्बन्धमा गरिएको व्यबस्था अनुसार नै सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठन गरिएको स्पष्ट पारेका छन्।

तेस्तै बस्नेतले समानान्तर सम्पर्क समिति गठन गरिएको भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन ।

विज्ञप्ति-

प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार  ५ : २७ बजे