शुक्रबार नेपाल फर्कन लागेका प्रधानमन्त्री ओलीले बामदेब गौतमलाई किन बोलाए सिंगापुर ?



काठमाडौँ –

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका संगठन विभाग प्रमुख बामदेव गौतम पनि बुधबार सिंगापुर जाने भएका छन । प्रधानमन्त्री ओलीले फेरि फोन गरेर बोलाएपछि गौतम जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको संगठन सम्बन्धी छलफल गर्न बोलाएकाले बामदेम त्यसतर्फ जान लागेको जनाइएको छ । पछिल्लो समय भिडियो कन्फ्रेन्स्बाट मन्त्रीपरिषद बैठक बसेको बिबादित सन्दर्भ सेलाउन नपाउदै शुक्रबार स्वदेश फर्कने तयारिमा रहेका प्रधानमन्त्री ओलिले यही बिचमा पार्टीको छलफलका लागी भनेर नेकपा नेता बामदेब गौतमलाई सिंगापुरनै बोलाउनुपर्ने तेस्तो के जरुरी पर्‍यो भन्ने प्रश्न सर्बत्र उब्जिएको छ ।

पार्टी नेताको आलोचना आमान्य हुने गरी फलामे अनुसाशन कायम गर्दै नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने निर्णय नेकपाले भर्खरै गरेको छ । नेताहरुको आलोचना गर्ने अनुसाशनहिनहरुको सूची तयार गरेर स्पष्टिकरण लिनको लागी महासचिब विष्णु पौडेलले अग्रसरता लिएको समाचार सार्बजनिक भइ रहदा पार्टीको संगठन सम्बन्धी छलफल गर्न प्रधानमन्त्री ओलीले नेता बामदेम गौतमलाई सिंगापुरनै बोलाउदा नेकपाका नेता कार्यकर्ताहरु नै शसङ्कित भएको नेकपा श्रोतले जानकारी दिएको छ ।

मंगलबार पार्टी महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर गए पनि नेता बामदेब गौतम भने नजाने बताइएको थियो ।सोमबार दुवैनेता सँगै जाने सूचना बाहिर आए पनि मंगलबार पौडेल एक्लै सिंगापुर उडेका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य उपचार प्रक्रिया आज (बुधबार) सकिँदैछ । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम सार्बजनिक भइ सकेको छ । गौतम र पौडेल दुबै नेता प्रधानमन्त्री ओलीसँगै नेपाल फर्किने बताइएको छ।

प्रकाशित मिति : भदौ १८, २०७६ बुधबार  ४ : ०५ बजे