काठमाडौँ –
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् ।
प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी गएको बिहीबार उपचारका लागि गएका हुन्।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा . दिलिप शर्माका अनुसार सातौँ पटकको प्लाज्माफेरेसिस सफल भएको र त्यसको रिपोर्ट पनि सकारात्मक आएको छ ।
हाललाई उपचार प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओली स्वदेश फर्किन लागेका हुन् ।








