प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किँदै



काठमाडौँ –

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् ।

प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी गएको बिहीबार उपचारका लागि गएका हुन्।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा . दिलिप शर्माका अनुसार सातौँ पटकको प्लाज्माफेरेसिस सफल भएको र त्यसको रिपोर्ट पनि सकारात्मक आएको छ ।

हाललाई उपचार प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओली  स्वदेश फर्किन लागेका हुन् ।

 

प्रकाशित मिति : भदौ १९, २०७६ बिहिबार  ३ : ०२ बजे