काठमाडौं-
साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ।
शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुुन आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइत्बार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजाबी सुनको मूल्यमा ७१ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य पछिल्लो सातामा भने केही कमी आएको छ।
चाँदीको मूल्यमा भने १५ रुपैयाँले वृद्धि भएको छ। शुक्रबार ८ सय ८५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आइतबार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।








