बिपीजयन्तीको दिन देशभर ३४ हजार बृक्षारोपण गर्दै कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान सुरु



काठमाडौं-

नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान  जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन  भदौ २४ गते  (आजबाट) शुरु भएको छ ।

अन्तर्राष्ट्रिय  समाजबादी नेताको छबी बनाएका  नेपाली कांग्रेसका संस्थापक नेता जननायक बिपी कोइरालालाई स्मरण गर्दै महामानब बिपी जयन्तिकै दिनबाट नेपाली कांग्रेसले  दोश्रो चरणको अभियान शुरु गरेको हो ।

राणाशाषनको पञ्जाबाट देश र जनातालाई स्वतन्त्रताको बाटोमा अग्रसर गराउदै अशिक्षा, गरीबि, राज्य दमनबाट ग्रस्त भएको नेपाली समाजलाई राजनितिक चेतनाको माध्यमबाट उज्यालो तर्फ अग्रसर गराउने जननायक बिपी कोइराला नेपाली राजनितिक क्षेत्रबाट ठुलो उचाइ प्राप्त गर्ने एक मात्र नेता हुनुहुन्छ ।

जननायक बिपी कोइराला उच्च बिचार्, प्रष्ट सैद्दान्तिक दृष्टिकोण, त्याग, नैतिकता र अठोटको प्रतिक हुनुहुन्थ्यो ।

जननायक बिपी कोइरालाको बिचारबाट कांग्रेस पार्टी बिमुख हुँदै गएको आरोप लागी रहदा राष्ट्रिय जागरण अभियान मार्फत नेपाली कांग्रेसले पार्टी भित्र कामजोर हुँदै गएको सैद्दान्तिक निष्ठ, आचरण्, त्यागको भाबना, देश- जनाता र पार्टी प्रतिको इमान्दारितालाई पुन : स्मरण र पुन : स्थापित गराउने अपेक्षा गरिएको छ ।

यसैबिच ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा विभिन्न जिल्लाका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्

जननायक बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरणको अभियानको उद्घाटनमा कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।जसअनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशांक कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नेछन्।जागरण अभियानको दोस्रो चरणको

प्रारम्भमा बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतिकस्वरुप त्यतिनै विरुवा हरेक प्रदेशसभा क्षेत्रमा ९जम्मा ३४ हजार ९ सय ८०० देशभर रोपेर अभियान उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।मुख्यगरी प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित कार्यक्रमका लागि तोकिएका ३ सय ३० प्रतिनिधिमध्ये अधिकांश आफ्नो जिम्मेवारी क्षेत्रमा पुगिसकेको पार्टी कार्यालयले जनाएको छ। जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेशलगायत कार्यक्रम हुनेछन्।

अभियान क्रममा पार्टीका केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश एवं कांग्रेसका लागि सल्लाह सुझावहरु लिने प्रवक्ता शर्माले बताए।

जागरण अभियानको अन्तिम दिन कांग्रेसले बढ्दो महंगी,भ्रष्टाचार, महिला हिंसा, बलात्कार, अलोकतान्त्रिक विधेयक र कम्युनिष्ट सरकारको कुशासनका विरुद्धमा ७७ जिल्लाका सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गर्ने छ ।

प्रकाशित मिति : भाद्र २४, २०७६ मंगलबार  ५ : १२ बजे