लद्दाख क्षेत्रमा भारत र चिनका सेना बिच घम्सा घम्सी



काठ्माण्डौ, एजेन्सि-

भारत र चिनको सिमानामा पर्ने लद्दाख क्षेत्रमा फेरी भारत र चिनका सेना बिच घम्सा घम्सी भएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन  ।

उक्त क्षेत्रमा भारत र चीनका सैनिकहरु आमने-सामने भएका छन । बुधवार लद्दाख क्षेत्रको  उत्तरी सिमानामा गस्ती गरिरहेका भारतिय सैनिकहरुलाई चीनको जनमुक्ती सेनाका सैनिकहरुले रोक्ने प्रयास गर्दा दुइ देशका सेना बिच घम्सा घम्सी भएको हो ।

भारतिय सैनिकहरु पेनञ्ज स्थित दुइ देश बिचको सिमानामा पर्ने बिबादित क्षेत्रमा पुगे पछी चिनिया सैनिकहरुले उनिहरुलाई अघी बढन रोकेका थिए ।

उक्त क्षेत्रको कारीब १३४ किलोमीटर क्षेत्रलाई भारत र चिन दुबै देशले आ-आफ्नो दाबी गर्दै आएका छन । उक्त क्षेत्रको दुइ तिहाई भुभाग हाल चिन शाशित तिब्बतमा पर्छ भने बाकी भारतीय सीमा क्षेत्रमा पर्दछ ।

यस अघी पनि जून २०१६ मा भारत र चीनका सेना बीच डोकलाम क्षेत्रमा बिबाद उत्पन्न भएको थियो ।कारीब ७३ दिन सम्म उक्त क्षेत्रमा दुइ देशका सेना आमने सामने भएका थिए भने दुइ देश बिच युद्ध भड्किन सक्ने आशङ्का समेत गरिएको थियो

दुइ देश बिचको उक्त क्षेत्रमा यस अघी पनि भारत र चिन दुइ देशका सैनिक हरु आमने सामने भएर घम्सा घम्सी गर्दै आएका छन ।

प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार  ७ : ३४ बजे