बाँकेमा नेकपा कार्यकर्ताद्वारा सभापति लगायत कार्यकर्तामाथि आक्रमण,कांग्रेसद्वारा कडा कार्बाहिको माग



बाँके-

बाँकेकोे खजुरा गाउँपालिका वडा नं . २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा हिमाल, पहाड, तराई राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम भइ रहदा नेकपाका कार्यकता प्रवेश गरी हात पात र झडपमा उत्रीएका छन ।

सोही गाउँपालिकाका वडा नम्बर १ अध्यक्ष सुमन मल्लको निर्देशनमा सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायत नेकपा कार्यकर्ताको सांघतिक आक्रमण बाट आक्रमणबाट कांग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाँच्चिएको कांग्रेसले जनाएको छ।

घटनामा परी कांग्रेसका दर्जनौं कार्यकर्ताहरु घाइते भएका छन ।

कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ नेकपाका अराजक कार्यकर्ताहरुले सडकमा समेत नारावाजी गरेको कांग्रेसले जनाएको छ।

चौतर्फी भइ रहेको भ्राष्टाचार ,गुण्डागर्दि, र अराजकतालाई बर्तमान सरकारलेनै संरक्षण गरी रहेको बेला फरक राजनितिक दलको क्लार्यक्रम स्थल भित्रै पसेर हुल्दङ्गा मच्चाउने पञ्चायती शैली भएको स्थानिय नेता कार्यकर्ता हरुले बताएका छन ।

उक्त घटना भइ रहदा सुरक्षाअ निकाय समेत मौन रहेको प्रती आप्त्ती जनाउदै सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुले उक्त घटनालाई सुनियोजित घटनाको रुपमा लिएको कांग्रेसले बिज्ञप्ती मार्फत जनाएको छ।

बढदो महंगी, भ्रष्टाचार, महिला हिसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएको र स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि । सत्तारुढ दल र सरकारले ठाडो उल्लंघन गरेको कांग्रेसको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनालाई संवैधानिक अधिकारमाथि सिधा आक्रमणको प्रारम्भ भएको कांग्रेसको निष्कर्ष छ।

कांग्रेस पार्टी केन्द्रिय कार्यलका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको बिज्ञप्तिमा  घटनाको भर्सना गर्दै आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरिएको छ ।

बिज्ञप्तिको पुर्णपाठ्-

भाद्र २६, २०७६
प्रेस विज्ञप्ति

जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश ९हिपतम० राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा आज बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ३ को प्रदेश सभा क्षेत्र नं। २ को खजुरा गाउँपालिका वडा नं। २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का खजुरा गा।पा। वडा
नं। १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३÷१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । नेकपाका ५०÷६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ।

बढु्दो महंगी, भ्रष्टाचार, महिला ंिहसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।

नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । साथै, भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ । आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : भदौ २६, २०७६ बिहिबार  १ : २३ बजे