अब बेलायतमा पढाइ सकिएपछि ‘वर्किङ भिसा’पाइने



काठ्माण्डौ-

बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म ‘वर्किङ भिसा’ पाउने भएका छन् ।

सरकारले सैक्षिक सत्र २०२०२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ ।

सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ ।

अहिले स्नातक वा स्नातकोत्तर अध्ययन सकेपछि ४ महिनामात्र काम गर्न छुट छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मूल उद्देश्य अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयमा आकर्षित गर्नु छ ।

यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार  ४ : १३ बजे