भारतको आर्थिक वृद्बिदर घट्ने क्रम जारी रहेको अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको निष्कर्ष



काठमाडौँ,

भारतको आर्थिक वृद्बिदर घट्ने क्रम जारी रहेको अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले जनाएको छ ।कोषका अनुसार गैरवित्तीय संस्थाको कमजोरीका कारण अनुमान गरेभन्दा कम आर्थिक वृद्बि भएको हो ।

आर्थिक वृद्बि दर ० .३ प्रतिशतलाई हटाएर आर्थिक वर्ष २०१९-२० मा यसको ७ प्रतिशत हुने गरी अनुमान  भारत सरकारले  गरेको थियो ।तीन महिनायता भारतको आर्थिक वृद्बि दर गएको सात वर्षयता सबैभन्दा कम भएको हो ।

बिहीबार अन्तराष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्यांकले भने भारत सरकारको अनुमान अनुसार आर्थिक बृद्दी नभएको  देखाएको हो । ।  अन्तराष्ट्रिय मुद्रा कोषका प्रवक्ता गेरी राइसका अनुसार भारतको अर्थ व्यवस्थाको कमजोरको चिन्ताले मात्र केही असर नगर्ने र यसमा नयाँ तथ्यांक समावेश हुनुपर्छ ।

भारतमा घाटदो आर्थिक वृद्बिदरका कारण भारतिय अर्थतन्त्रमा समस्या आउन सक्ने चिन्ता प्रकट हुँदै आएको छ ।आर्थिक बृद्दीको बिषय बर्तमान मोदी सरकारको प्रथमिकतामा नपरेको भारत सरकार माथी आरोप लाग्दै आएको छ ।

भारतमा घट्दो आर्थिक वृद्बिदरका कारण बढ्दै गएको नागरिक असन्तुष्ठीलाई बिशयान्तर गर्न बर्तमान मोदी सरकारले सुरक्षा लगायत अन्य बिषयहरु उठाउने गरेको सरकारमाथी प्रतिपक्षिहरुले आरोप लगाउने गरेका छन ।

प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार  ९ : ११ बजे