बर्सेनि बढ्दैछन सगरमाथा आरोहि



काठमाडौं–

विश्वकै उच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने विदेशी तथा नेपाली नागरिकको संख्या बर्सेनि बढिरहेको छ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता सन् २०१८ को डिसेम्बरसम्म कुल नेपाली तथा विदेशी गरी ५ हजार ८ सय ६४ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।त्यसमा पनि सन् २०१० देखि सन् २०१८ को डिसेम्बरसम्म ३ हजार ४८ नेपाली तथा विदेशी नागरिकले सगरमाथाको आरोहण गरिसकेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ।

विभागका अनुसार सन् २०१८ मा मात्रै २ सय ६२ जना आरोहीले सगरमाथा आरोहण गरेका थिए भने सोही आरोहीका सहयोगी २ सय ९८ जनाले सगरमाथा आरोहण गरेका छन्।

प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार  ९ : २२ बजे