काठमाडौँ –
राष्ट्रपति विद्यादेवी भण्डारीलाई वसन्तपुरमा कालो झण्डा देखाइएको छ।
इन्द्रजात्राको अवलोकन गर्न गएकी राष्ट्रपति भण्डारीलाई शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले कालो झण्डा देखाएका हुन्। पक्राउपछि उनलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।
इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति भण्डारी जाने कार्यक्रममा कालो झाण्डा देखाउने तयारी भएको थाहा पाएपछी वसन्तपुर क्षेत्रमा दिउसै देखी बसन्तपुर क्षेत्रमा प्रहरिले अत्यन्तै कडाइ गरेको थियो ।
प्रहरिले अत्यन्तै कडाइका बाबजुत पनि अध्यक्ष बस्नेतले राष्ट्रपति भण्डारीलाई कालो झण्डा देखाएका हुन्।
त्यस क्रममा करिब ८० जनालाई नियन्त्रणमा लिइएको थियो। राष्ट्रपति भण्डारीलाई कालो झण्डा देखाउना लागेको आशंकामा प्रहरीले सेवा निवृत्त सेनाका कर्नेल र प्रहरीका डीआईजीसहित ८० जनालाई पक्राउ गरेको थियो ।
राष्ट्रपतिलाई कालो झण्डा देखाउन आशंका प्रहरीले दिउँसैदेखि धरपकड गरेको थियो। त्यस क्रममा करिब ८० जनालाई नियन्त्रणमा लिइएको थियो।








