गृह मन्त्रीलाई काँग्रेस शभापतीहरुको ज्ञापनपत्र : कार्बाही नभए आन्दोलन कस्तो हुन्छ देखाउछौ



काठमाडौं-

नेपाली काँग्रेसको नेपालजञ्जमा बिहीबार भएको नेपाली काँग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताहरुले गरेको आक्रमणका दोशिलाई कडा कार्बाहिको माग गर्दै नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका शभापती नेतृत्वको टोलिले गृह मन्त्री राम बहादुर थापालाई भेटी ज्ञापनपत्र बुझाएको छ।

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँ, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा र ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यसहितको टोलीले सिंहदरबारस्थित गृह मन्त्रालयमा  शनिबार  गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका हुन ।

बढु्दो महंगी, भ्रष्टाचार, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएको र स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्ने सत्तारुढ दलएबम सरकारको प्रबृत्ती अस्विकार्य रहेको

बढु्दो महंगी, भ्रष्टाचार, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएको र स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्ने सत्तारुढ दलएबम सरकारको प्रबृत्ती अस्विकार्य रहेको ज्ञपनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञपनपत्रमा दोशिलाई तत्काल कडा कार्बाहिको माग गर्दै कार्बाही नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिइएको छ ।

ज्ञपनपत्रको पुर्णपाठ-

भदौं २८, २०७६
प्रेस विज्ञप्ति

बाँके जिल्लामा भाद्र २६ गते भएको सांघातिक आक्रमणको घटनाका सन्दर्भमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति मदन अमात्य, काठमाडौँका सभापति कृष्णसवुज वानियाँ र भक्तपुरका सभापति दुर्लभ थापाले आजै विहान ८ बजे नेपाल सरकारका गृहमन्त्रीलाई भेटेर उहाँहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाउनु भएको छ । ज्ञापन पत्रको पूर्ण पाठ देहाय बमोजिम रहेको छ—

“माननीय गृहमन्त्रीज्यू,
गृह मन्त्रालय,
सिंहदरवार, काठमाडौँ ।
विषय : ज्ञापन पत्र

– जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश ९हिपतम० राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा मिति २०७६ भदौ २६ गते बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ३ को प्रदेश सभा क्षेत्र नं। २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थानीय स्तरका नेता तथा खजुरा गा।पा। वडा नं। १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, लोके भन्ने नाम नखुलेको समतेका १३-१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी ज्यानै मार्ने नियतले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि सामूहिक आक्रमण गरेका छन् । “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

– नेपाली कांग्रेस बाँकेका सभापति श्रीमती किरण कोइरालाको हाँत भाचिएको र दर्जनौं नेता तथा कार्यकर्ताहरु घाइते हुनु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले बचाउ गरेका कारणले मात्र उहाँहरुको ज्यान जोगिएको र थप मानवीय क्षति हुन नसकेको थियो ।

– नेकपाका ५०÷६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ।

– बढु्दो महंगी, भ्रष्टाचार, महिला ंिहसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।

– नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई विथोल्ने वद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।

– भविष्यमा यस्ता घटनाहरु नदोहरिन दिन सरकारलाई सचेत गराउँदछौं । उल्लेखित दोषीहरु उपर कारवाही नभएको खण्डमा नेपाली कांग्रेसले कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने समेत यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछौँ ।

जय नेपाल

यसै सन्दर्भमा काठमाडौँ, भक्तपुर र ललितपुरको सभापतिहरुको नेतृत्वमा आज भाद्र २८ गते अपरान्ह ३ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण धर्नाको कार्यक्रम हुँदैछ ।

प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार  ७ : ५८ बजे