साउदी अरेबियाका तेल खानीहरुमा ड्रोन आक्रमण हुँदा भीषण आगलागी



काठ्माण्डौ-

साउदी अरेबियाको दुईवटा तेल खानीमा ड्रोन आक्रमण भएको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

आक्रमणमा परेका तेल खानीहरुमा भीषण आगलागी भएको जनाइएको छ ।नेपाली समय अनुसार शनिबार बिहान पौने सात बजेतिर आक्रमण भएको हो ।

बिभिन्न सञ्चारमाध्यमहरुबाट सर्वाजनिक भएका भिडियोहरुमा आगोको भीषण मुस्लो र धुवाँ देखिएको छ । आगलागी हाल नियन्त्रणमा आएको साउदी अरेबियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।आगलागी नियन्त्रणमा आए पनि आक्रमण र आगलागिबाट भएको क्षतिको बिबरण भने सार्बजनिक हुन बाकी छ ।

समाचारमा जनाइए अनुसार आक्रमणमा परेका तेल खानिहरु त्यहाको सरकारी स्वामित्वमा रहेका थिए ।

यसअघि पनि हुने गरेका यस्ता आक्रमणमा इरानको सहयोग पाएका हुथी बिद्रोहीको संलग्नता रहने गरेको साउदी अरेबियाले दाबी गर्दै आएको छ । यस पटक भएको आक्रमणमा कसको संलग्नता थियो भन्ने बारेका भने साउदी सरकारको कुनै प्रतिकृया आएको छैन ।

यसअघि पनि पटक पटक हुने गरेका यस्ता आक्रमणहरुलाई साउदी सुरक्षाकर्मीले असफल पार्ने गरेका थिए ।

साउदी अरब बिश्वकै अग्रणी तेल उत्पादक र निर्यातक राष्ट्र हो ।साउदिबाट हुने तेल ब्यापारको घट बढले बिश्वकै अर्थतन्त्रमा प्रत्यक्ष प्रभाब पार्ने गरेको छ ।

प्रकाशित मिति : भाद्र २८, २०७६ शनिबार  ९ : ०३ बजे