सोलुखुम्बु
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सत्तारुढ नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी १९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
कांग्रेस प्रवेश गर्नेहरुमा पुष्पलाल कटेल, दण्डीकेशर कटेल,टेक प्रसाद कटेल,चुडामणि कटेल,नवराज कटेल, थिलकुमार कटेल, माधव कटेल, मैया कटेल, ऋखिराम कटेल, ख्यामराज कटेल, मिन कुमारी कटेल, दिनेश कटेल, महेश कटेल, शम्भु कटेल, सम्झना पराजुली कटेल, विश्व कटेल, घनश्याम बास्ताेला, मिन कुमार कटेल र माधव कटेल रहेका छन ।
नेचासल्यान गाउँपालिका वडा नं . ३ काे भदाैरेमा भएको एक कार्यक्रमका बिच कांग्रेस केन्द्रीय सदस्य बल बहादुर केसिले विभिन्न अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहारुलाई खादा र अबिर लगाइ दिदै कांग्रेसको सदस्यता दिएर पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै नेता केसिले देशमा अब कांग्रेसको बिकल्प नभएको बताए ।उनले सोलुखुम्बुका स्थानिय तहहरुमा ब्यापक भ्रष्टाचार र अनिमियतता भई रहेको भन्दै समय आएपछी भ्रष्टाचारमा सम्लग्नहरुले मुल्य चुकाउनुपर्ने उल्लेख गरे । नेता केसिले कांग्रेसले भ्रष्टाचारको बिरुद्दमा शसक्त आवाज उठाउनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा कांग्रेस जिल्ला सचिव एवं प्रदेश सभा “क” का सभापति धनजन राई, नेका आमन्त्रीत जिल्ला सदस्य लाेचन शर्मा, नेका नेचासल्यान का संयाेजक निरकुमार शर्मा कटेल, वडा नं . २ का अध्यक्ष भेषकुमार बास्ताेला, कांग्रेस नेता इन्द्र बहादुर राई लगाएतकाे उपस्थिति रहेको थियो ।










