काठमाडौं-
बुद्ध एयरलाईन्सले आज थप एक अट्र्-७२ जहाज भित्र्याएको छ ।
चेन्नाईबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्यो । यससँगै बुध्द एयरको जहाज संख्या १३ पुगेको छ भने अट्र्-७२ जहाजको संख्या ८ पुगेको छ । बुद्ध एयरसँग अर्को ३ वटा अट्र्-४२ र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ । बुद्धले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको छ ।नयाँ जहाजबाट बुद्ध एयरले दशैंअघि नै उडान थाल्नेछ ।
आउँदा दिनहरुमा थुप्रै चाँडपर्व दशैं, तिहार र छठका कारण यात्रुहरुलाई आउजाउ गर्न सजिलो हुने कम्पनीले जनाएको छ । थपिएको जहाजले नियमित मर्मत सम्भारमा सघाउ पुग्ने र उडानहरु नियमित तथा विलम्वलाई छोट्याउन सहयोग पुर्याउने छ








