बाके घटनाका दोशिलाई तत्काल कार्बाहिको माग गर्दै कांग्रेसद्वारा प्रतीनिधीशभा बैठक अबरुद्द



काठमाडौं :

नेपाली कांग्रेसले प्रतीनिधीशभा बैठक अबरुद्द गरेको छ ।कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक तत्कालका लागी स्थगित भएको छ।

बाँके घटनामा आक्रमण गर्ने नेकपा कार्यकर्ताहरुलाई सरकारले सम्रक्षण गरेको भन्दै कांग्रेसले आइतबार संसदमा अवरोध गरेको हो।

बाँकेमा कांग्रेस सभापतिमाथि दुर्व्यवहार भएको र उनको हात भाँचिएको घटनामा सरकारले दोषीलाई पक्रन र शान्ति सुरक्षा पुर्‍याउन असफल भएको संसदमा कांग्रेसले सांसदहरुले सरकारको चर्को बिरोध गरेका थिए ।

कांग्रेसका कार्यकर्तामाथि भएको हातपातकोबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त बुझ्दो नभएपछि कांग्रेसका सांसद उठेर संसद अवरुद्ध गरेका थिए।

बिहीबार बाँके खजुरा गाउँपालिका–२ सीतापुरमा कांग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गरेका थिए। दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेकपा कार्यकर्ताले अवरोध गर्दा झडप भएको थियो। आक्रमणमा बाँके सभापति किरण कोइरालालगायत घाइते भएका थिए।

प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार  ९ : ५५ बजे