काबुल-
अफगानिस्तानमा अमेरिकी र अफगान सेनाले चलाएको तालिबान बिरुद्दको बृहत सैनिक अपरेसनमा ९० जना तालिबान बिद्रोहिहरु मारिएको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
आतंकवाद बिरुद्द चलाईएको संयुक्त सैन्य अभियानको क्रममा गरिएको कार्बाहिमा परी ९० जना तालिबान बिद्रोहिहरु मारिएका हुन ।
आइतबार अफगानिस्तानको दक्षिण-पूर्वी पक्तिका प्रांतमा गरिएको उक्त कार्बाहिमा अन्य २० भन्दा धेरै बिद्रोहिहरु घाइते भएको समाचारहरुमा जनाइएको छ ।
अमेरिकी वायु सेनाको सहयोगमा भएको कार्बाहिमा तालिबान बिद्रोहिहरुले प्रयोग गरिरहेका २३ मोटरसाइकल्, एउटा ट्र्याक्टर र केहि हातीयारहरु समेत नष्ट गरिएको अफगान नेशनल आर्मीका प्रवक्ताले जानकारी गराएका छन ।
केहि समय अघीमात्रै अमेरिका र तालिबान बिच चलिरहेको शान्ती बार्तालाई टुङ्गोमा पुर्याएर अमेरिकि सेनाले अफगानिस्तान छोड्ने तयारी भइ रहेको अमेरिको सुरक्षा अधिकारिहरुले बताउदै आएका थिए ।
थप बार्ताको तयारी चलिरहदा तालिबान बिद्रोहिहरुले एक्कासी काबुलमा गराएको कार बम बिस्फोटमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्युपछी अमेरिकाले तालिबानसग जारी रहेको बार्ता अब अघी बढ्न नसक्ने र अमेरिकि सेना अफ्गानिस्तानबाट फिर्ता गर्ने योजना स्थगित गर्ने जनाएको थियो ।
यो पनि –
तालिबानसँगको शान्ति सम्झौता भंग भएको ट्रम्पको घोषणा ,अमेरिकि सेनाले अफ्गानिस्तान नछोड्ने










