इटहरी-
पटक पटक बिबादमा आइरहने इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीविरुद्ध उच्च अदालत विराटनगरमा फेरी अवहेलना मुद्दा दायर भएको छ।
उच्च अदालत विराटनगरमा मेयर चौधरी विरुद्ध कमला चौलागाईं, दुर्गा कुमारी प्रसाईं र खडानन्द आचार्यले मुद्दा दायर गरेका हुन्।अदालतको आदेशपत्र च्यातेर अवहेलना गरेको उनिहरुको आरोप छ ।
मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको आदेशपत्र च्यातेका थिए। इटहरी उपमहानगरपालिका र मेयर चौधरीलाई विपक्षी बनाई दायर भएको निवेदनमा हदैसम्मको कारबाहीको माग गरिएको छ।
निवेदकहरुको आफ्नो निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएकोले सो कार्य रोक्नको लागि अदालतले अन्तरीम आदेश दिएको थियो। सो आदेश बुझाउन गएका निवेदकहरुकै हातबाट खोसेर उनले आदेशपत्र च्यातेका थिए। इलाका प्रहरी कार्यालय पकलीका प्रहरी हवल्दार पर्शुनारायण सिंहकै अगाडि उनले सो पत्र च्यातेका थिए।










