काठमाडौं-
यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्णपदक संविधानका पिताको रुपमा चिनिने पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ।
संविधान निर्माणका अग्रणी नेता एबम कांग्रेसका पूर्व शभापती कोइराला लोकतान्त्रीक आचरण ,भ्राष्टाचार सुन्य सादा जिबनशैलिका कारण सदाका लागी स्मरणिय रहेका छन ।
संविधान निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण कोइरालालाई मरणोपरान्त उक्त सम्मान गर्न लागिएको गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले जानकारी दिए।
उक्त पदक २०६४ बाट हरेक वर्ष प्रदान गरिँदै आएको छ। संविधान दिवसमा गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृति प्रतिष्ठानले उक्त पदक प्रदान गर्न लागेको हो।
उक्त पदक राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्ने जनाइएको छ।
उक्त पदक यसअघि पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (मरणोपरान्त), पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरिएको थियो।










