काठमाडौं, असोज १ –
सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि विहान ९ बजे बस्ने भएको छ। पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बस्न लागेको हो ।
भोलि हुने सचिवालय बैठकमा ‘एक व्यक्ति, एक जिम्मेवारी’ मा जानेबारेपनि छलफल हुने बुझिएको छ । प्रधानमन्त्री उपचारबाट फर्किएपछि नेकपाको बैठक राम्रोसँग बस्न सकेको छैन् । नेकपाको सचिवालय बैठक सर्दै आएको छ ।सिंगापुरमा दुई साता लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण बैठक बस्न नसकेको हो ।
गएको भदौ २० गते सिंगापुरबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटारमै आराम गर्ने गरेका छन् ।
अबा भने प्रधानमन्त्री ओली विस्तारै सार्वजनिक कार्यक्रममा सरिक हुन थालेका छन् ।








