आज सर्बमान्य नेता गणेशमान सिंहको २२ औं स्मृति दिवस देशैभरी मनाइदै



काठ्माण्डौ-

विसं २०४६ को जनआन्दोलनका कमाण्डर एबम सर्बमान्य नेता स्व. गणेशमान सिंहको २२ औं स्मृति दिवस आज देशैभरी बिभिन्न कार्यक्रमहरु गरी मनाइदै छ ।

सर्बमान्य नेता गणेशमान सिंहकै नेतृत्वमा विसं २०४६ को जनआन्दोलन सफल भएको थियो ।उनले नै स्वतन्त्रता चाहने सम्पुर्ण नेपालिको नेपाली नेतृत्व गर्दै २०४६ जनआन्दोलन २०४६ को अग्रमोर्चा सम्हालेका थिए ।

तत्कालिन समयमा नेपालका कम्युनिष्ट पार्टीहरुले समेत गणेशमान सिंहको नेतृत्वलाई स्विकार गरेर पञ्चायत बिरुद्दको आन्दोलनमा सहभागी भए देखीनै सिंहलाई सर्बमान्य नेता भन्न थालिएको थियो ।

यसैबिच काठ्माण्डौको शोभा भगवतीमा रहेको स्व. गणेशमान सिंहको सालिकमा आज  माल्यार्पण गरिएको छ। स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा  गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा आयोजना गरिएको कार्यक्रममा स्व सिंहको सालिकमा माल्यार्पण गरिएको हो।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्नसक्ने नेता हुनुहुन्थ्यो”, सिंहले भने ।पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको बताए । “एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको छ”, उनले भने। दुईतिहाइको सरकारले जनताको भावना र मर्मअनुसार काम गर्न नसकेको उल्लेख गरे । वर्तमान सरकारले जनताको चाहना पूरा गर्न नसकेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले नेपाली काङ्ग्रेस संस्थागतरूपमा अगाडि बढ्न नसकेको बताए।

काङ्ग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले स्व सिंहजस्तै व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकता राखेमात्र देश विकास हुने बताए।काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले गणेशमान सिंहले देखाएको बाटोलाई पार्टीले पछ्याउन नसकेको बताए।

उनले गणेशमान सिंह पदका लागि भन्दा पनि राष्ट्रलाई केन्द्रमा राखेर अगाडि बढ्ने नेता भएको बताए । कार्यक्रममा विभिन्न जिल्लाका पार्टी सभापति, नेता तथा कार्यकर्ताले स्व सिंहको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति : आश्विन २, २०७६ बिहिबार  ६ : २० बजे