काठमाडौं, ३ असोज –
पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटिएको छ ।
बम डिस्पोज गर्नको लागि खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको डिस्पोजल टोलीले भेटिएका ती वस्तु विस्फोटक पदार्थनै भएको पुष्टी गरेको छ । डिस्पोजल टोलिले उक्त विस्फोटक बस्तुलाई सुरक्षित डिस्पोजल गरेको छ ।
शुक्रबार साँझ मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर नजिकै दुईवटा शंकास्पद वस्तु देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरी लाई खबर गर्नासाथ नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो ।








