तामझाम गरेर संविधान दिवस मनाउनु भन्दा संविधान अनुरूप देश चलाउनु राम्रो : प्रदीप पौडेल



काठ्माण्डौ-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम युबा नेता प्रदीप पौडेलले तामझाम गरेर संविधान दिवस मनाउनु भन्दा संविधान अनुरूप देश चलाउनु देश र संविधानप्रतिको इमान्दारिता भएको टिप्पणी गरेका छन ।

सरकारले हिजो मात्रै ठुलो धनराषी खर्च गरेर तामझामका साथ उर्दी जारी गरेर संविधान दिबस मनाएको प्रती नेता पौडेलले सामाजिक सञ्जाल ट्विटर मार्फत एस्तो टिप्पणी गरेका हुन ।नेता पौडेलले टिप्पणीमा   नयाँ संविधान पछि नयाँ व्यवहार, पद्धति र सुशासन कायम हुने अपेक्षा र विश्वास गरिएको भए पनि त्यो पुरा हुन नसकेको बताएका छन ।

राजनिती भित्रको पुरानै शैली प्रती अशन्तुष्टी ब्यक्त गर्दै पौडेलले अब सच्चिना समेत सबैलाई आग्रह गरेका छन ।

संविधान नमाने पनि मन्त्री हुन पाइने भन्दै नेता पौडेलाले पछिल्लो समय हुर्किदै गएको जवाफदेहिता र जिम्मेवारिबोध बिहिन राजनिती प्रती व्यंग्य समेत गरेका छन ।

 

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  ३ : ४१ बजे