काठमाडौं–
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘रुटिन अफ नेपाल बन्द’का तीस फ्यान भेटेकी छन् ।उनीसँग भेट्ने अवसर चलचित्र ‘रातोटिका निधारमा’ युनिटले जुराएको थियो ।
केही पहिले ‘रुटिन अफ नेपाल बन्द’ ले फेसबुकमा ‘साम्राज्ञीलाई भेट्न चाहने को ? भन्ने एउटा कन्टेस्ट गरेको थियो । जसमा १० हजार बढीले उनलाई भेट्ने इच्छा राखेका थिए । ती मध्ये विभिन्न शहरबाट छानिएका ३० फ्यानलाई शनिबार कमलपोखरी स्थित डिसियनको कार्यलयमा अभिनेत्री साम्राज्ञीले भेटेकी छन् ।
फ्यानहरु ‘फेभरेट एक्ट्रेस’सँग पहिलो पटक प्रत्यक्ष भेट गर्न पाउँदा निकै खुसी देखिन्थे । उनीहरुले साम्राज्ञीसँग सेल्फी, तस्बिर दुबै खिचाए । सोही अवसरमा साम्राज्ञीले ‘रुटिन अफ नेपाल बन्द’ को तर्फबाट ल्याइएको केक काटेर फ्यानलाई समेत खुवाएकी थिइन् ।
असोज १० गतेबाट प्रदर्शनमा आउने ‘रातो टीका निधारमा’को समेत उनले प्रचार गरेक िथिइन् । कार्यक्रममा साम्राज्ञी र अंकित दुबैले आफ्नो हस्ताक्षर रहेको फिल्मको टिसर्ट र पोस्टर मायाको चिनो भन्दै फ्यानलाई दिए ।
उक्त अवसरमा फिल्म ‘रातोटिका निधारमा’का अभिनेता अंकित शर्मा र निर्माता निर्देशक असोक शर्माको पनि उपस्थित रहेका थिए ।










