प्रधानमन्त्री ओलीद्वारा पूर्व एमाले निकट संंघसंस्थालाई करोडौं रकम बाडफाड (सुची सहित)



काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट विभिन्न संघसंस्थालाईहरुलाई अनुदान बाडेका छन ।  प्रधानमन्त्री ओलीले पूर्व एमालेका नेताका नाममा खोलिएका संंघसंस्थालाई करोडौं रकम अनुदान बाडेर  राज्यकोशमाथी ठाडो राजनिती गरेका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी आफूमा नीहित रहेको अवस्थामा प्रधानमन्त्री ओलीले पूर्व नेकपा एमालेका नेताका नाममा खोलिएका संंघसंस्था तथा प्रतिष्ठानहरुमा करोडौं रकम अनुदानको रुपमा बाँडेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत  प्रधानमन्त्री  ओलीले  अनुदानको रुपमा विभिन्न ५२ प्रतिष्ठानहरुलाई कूल २६ करोड ३५ लाख रुपैयाँ बाँडेका छन्।

पूर्व एमाले महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएका २ प्रतिष्ठानलाई मात्रै ९ करोड २५ लाख प्रदान गरिएको छ।

मन्त्रालयबाट मदन भन्डारी स्मृति फाउन्डेसनको नाममा ४ करोड २५ लाख र मदन भन्डारी स्मृति प्रतिष्ठानको नाममा ५ करोड रुपैयाँ निकासा गरिएको छ।यसैगरी, पुष्पलाल स्मृति प्रतिष्ठानलाई २ करोड तथा

पुष्पलाल अध्ययन केन्द्रलाई १ करोड रूपैयाँ अनुदान उपलब्ध गराइएको छ।तराई मधेश जनयुद्ध सहिद स्मृति प्रतिष्ठानलाई २५ लाख तथा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानलाई १० लाख रुपैयाँ दिइएको छ।

रवीन्द्र अधिकारी प्रतिष्ठानलाई पनि समान १ करोड रूपैयाँ निकासा गरिएको छ।

सहाना प्रधान प्रतिष्ठानका नाममा ५० लाख तेसै गरी गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नाममा १ करोड, सैलजा आचार्य आदर्श समाजका लागी ४० लाख, सैलजा आचार्य स्मृति प्रतिष्ठान, चितवनलाई ४० लाख बाडिएको छ ।

सामाजिक संघसंस्था तथा प्रतिष्ठानका नाममा बाडिएको रकमको ठुलो हिस्सा सिधै राजनितिक नेताका नाममा खोलिएका संस्था मार्फत राजनितिक प्रायोजनमै खर्च हुने गरी रकम बाडफाड गरिएको देखिन्छ ।

देशको अर्थतन्त्र कमजोर बनी रहेको भनि अर्थबिदहरुबाट बेला बेलामा सार्बजनिक हुने गरेका टिप्पणीका बिच राज्यले नागरिकाका लागी शिक्षा ,स्वास्थ्य र रोजगारी अभिबृद्दी गर्दै उच्च सामाजिक उत्तरदायित्व निर्बाह गर्नुपर्ने राज्यको प्रथमिकता बिपरित कमजोर अर्थतन्त्र भएको देशको ढुकुटी बाट राजनितिक अभिप्रायले जथाभाबी रकम बाडिनु ठिक नभएको अर्थबिदहरुको तर्क छ ।

रकम बाडफाडको सुचि-

 

प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार  ४ : २३ बजे