काठ्माण्डौ-
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।
मन्त्री ज्ञवालीका साथ उनकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि रहेकी छिन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राईले स्वागत गरेका थिए ।
राष्ट्रियसभा दिगो विकास समितिका सभापति तारादेवी भट्ट, सोही समितिका सदस्य दीनानाथ शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलगायत रहेका छन् ।