काठमाडौं-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको बताएका छन्
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लगानी अनुसार प्रतिफल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पारे।
मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गरेका छन्।








