काठमाडौँ –
मौसम अझै पनि पूर्ण रुपमा सफा भने भएको छैन ।
अझै केही दिन मौसम बदलीकै अवस्था हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
मंगलबार दिनभरि देशका पश्चिमी क्षेत्रमा सामान्यदेखि पूर्ण र मध्य तथा पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।यस्तै राति पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।