देशलाई कम्युनिष्ट राष्ट्र बन्न दिदैनौ : कांग्रेस महामन्त्री डा . कोइराला



खोटङ-

महामन्त्री डा . शंशाक कोईरालाले बर्तमान सरकार र सत्तारुढ दलले देशलाई  कम्युनिष्ट राष्ट्र बनाउन खोजेको आरोप लगाएका छन ।

दोस्रो चरणको जनजागरण अभियानका क्रममा नेपाली कांग्रेसले खोटङमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकारले सिङ्गो देशलाई कम्युनिष्टकरण गर्न खोजेको आरोप लगाउदै सरकार र नेकपाको उक्त प्रयास सफल नहुने समेत ठोकुवा गरे ।कांग्रेसले  देशलाई भ्रष्टाचार , असुरक्षा र बेथितीले भरिएको असफल राष्ट्र बन्न नदिने कोइरालाले  दाबी गरे ।निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड ,लगायत दर्जनौ काण्ड घटाउने बर्तमान सरकारले अब देशलाई कम्युनिष्टकरण गर्न खोजेको कोइरालाको दाबी थियो ।संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा कोइरालाले जोड दिए ।

कोइरालाले  सरकार र नेकपा नेताहरु के चाहन्छन भन्ने प्रष्ट भइसकेको बताउदै देशलाई कम्युणिष्टकरण गर्ने उनिहरुको चाहना नेपाली जनताले पुरा हुन नदिने बताए ।

कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कम्युनिष्ट अधिनायक बाद ल्याउन बर्तमान सरकार र नेकपा लागिपरेको उल्लेख गर्दै एक पछी अर्को गर्दै लोकतन्त्रका आधारहरु कमजोर पार्न सरकार आफै लागिपरेको आरोप लगाए ।

महामन्त्री डा . कोईरालाले अहिलेको परिस्थितिमा नेपाली कांग्रेस   थप एकजुट हुन जरुरी रहेको उल्लेख गर्दै पार्टिका आन्तरिक कुराहरुमा मात्रै नअल्झिन सबैलाई निर्देशन दिए ।कोइरालाले केन्द्र देखी स्थानिय तहसम्म भइरहेका भ्रष्टाचारको बिरुद्दमा अभियान चलाउन पनि पार्टिका सबैलाई निर्देशन दिए ।

महामन्त्री कोइरालाले आगामी महाधिबेशन पछी कांग्रेस भित्रको गुटबन्दी अन्त्य हुने बताउदै देशमा कांग्रेसको बिकल्प नभएको उल्लेख गरे ।कोइरालाले युबाहरुलाई पार्टिमा थप नेतृत्व दायी भूमिका दिइनु पर्नेमा आफु रहेको बताउदै अब युबाहरु अघी बढ्नुपर्नेमा जोड दिए ।आफ्नो छोटो मन्तब्यको अन्त्यमा कोइरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले कांग्रेस बिगारेकोले अब गुट बन्दी त्याग्न आग्रह गरेका थिए

कार्यक्रममा कांग्रेस  केन्द्रिय सदस्य चन्द्र भण्डारी, कांग्रेस खोटाङका शभापती शभापति नरेस श्रेष्ठ, नेता बिष्णु राइ केन्द्रिय प्रतिनिधिद्वय गोमा के . सी., आङ गेलु शेर्पा लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  १२ : ४७ बजे