यसपालिको दशै आसपास पनि बर्षा नरोकिने मौसमविदहरुको भनाइ



काठ्मान्डौ-

अझै केहि दिन पानी पर्ने भएकाले दसैं आसपास पनि मौसम पूर्ण सफा नहुने मौसमविदहरुले जानकारी गराएका छन ।

बुधबार बिहान देशका अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा हुनेछ। राति मध्य तथा पुर्व, पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनचट्टयांगसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।बिहिबार देशका केहि स्थानहरुमा मेघ गर्जनचट्टयांगसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशका केहि स्थानहरुमा मेघ गर्जनचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा जनाइए अनुसार देशका पूर्व, मध्य र पश्चिमका धेरै स्थानमा मेघ गर्जनचट्टयांग सहितको वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने छ। पहाडी भु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  ४ : ३३ बजे