सरकार खाली चल्नका लागि मात्रै चलेको छ : कांग्रेस महामन्त्री डा. कोईराला



असोज ८ बुधवार, खोटाङ –

कांग्रेस महामन्त्री डा. शशांक कोईरालाले मुलुकमा भ्रष्टाचार चरम सिमामा पुगेको बताएका छन् । नेपाल प्रेस यूनियन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोईरालाले हरेक क्षेत्रमा भ्रष्टाचारले सिमा नाघेको बताएका हुन् ।

‘हरेक क्षेत्रमा भ्रष्टाचार छ ,   तिनै तहको सरकारमा यति धेरै भ्रष्टाचार छ , भ्रष्टाचार देशका लागि अत्यान्तै नराम्रो पक्ष हो,’ महामन्त्री कोईरालाले भने, ‘पैसाको मामिलामा राजननीति गर्ने व्यक्ती संबेदनशील हुनुपर्छ ’ । महामन्त्री कोईरालाले भ्रष्टाचार घटाउनमा सरकारको ध्यान जान पर्नुमा जोड दिए ।

भ्राष्टाचार नियन्त्रण गरेर सुशाशन र बिकाश तिर  लाग्नुपर्ने पहिलो आवाश्यकता छोडेर सरकार अन्यत्रै बरालिएको उल्लेख गर्दै कोइरालाले सरकार खाली चल्नका लागि मात्रै चलेको दाबी गरे ।

कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा बिरोधसभालाई सम्बोधन गर्न खोटाङ आएका कोईरालाले देशमा खानेपानी नभएका बेला सरकाले रेल ल्याउने सपना बाँडेको बताए । ‘संमृद्धिका लागि नीति तर्जुमा गर्नुपर्छ, जुन यो सरकारले गर्न सकेको छैन । त्यसैले यो संमृद्धिको नारा मात्रै हो । यो सरकार संमृद्धितर्फ जान सक्ने सम्भावना देखिएको छैन,’ महामन्त्री कोईरालाले भने, ‘खानेपानीको त यत्रो अभाव छ , पानीजहाज र रेल ल्याएर के गर्ने ? यसले कत्तिको फाइदा गर्छ, झन् ऋणमा डुव्छौँ की भन्ने चिन्ता गर्नु पर्ने अवस्था छ ।’

वर्तमान सरकारले कुनै ठोस योजना ल्याउन नसक्दा पुरानै योजनालाई देखाएर श्रेया लिने काम गरिरहेको कोईरालाले आरोप लगाए । ‘सरकारले केही ठोस कार्ययोजना तयार गर्न सकेको छैन । ईन्टरन्याशनल एयरपोर्ट, निजगढ, पोखरा र गौतमबुद्ध एयरपोर्ट पहिलादेखि सुरु भएको योजना हो । सरकारले नयाँ कुरा गर्न सकेको छैन’ उनले भने, ‘संमृद्धि आउनका लागि एउटा योजना हुनुपर्छ । त्यो योजना उनीहरुले स्पष्ट दिन सकेको छै । सरकार खाली चल्नका लागि चलेक छ।

महामन्त्री कोईरालाले कर माथी कर थोपरेर सरकारले जनताको ढाड सेक्ने काम गरेको बताए । उनले नेपालमा कृषिको राम्रो सम्भावना भएकाले युगान्तकारी परिवर्तनका लागि कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा धारणा राखेका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी, कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठ, पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, प्रतिनिधि सभा सदस्य हिरा गुरुङ, केन्द्रिय प्रतिनिधि तथा ओखढुङगाकी पूर्व पार्टी सभापति गोमा केसीलगायको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  १२ : ५९ बजे