काठमाडौँ –
एनसेलले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकरबारे नेपाल वार एशोसियशनले अध्ययन गर्ने भनेए गरेको निर्णय प्रती निर्णयप्रति प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबार आपत्ति जनाएका छन ।
दसैँ, तिहार तथा छठको अवसरमा सर्वोच्च अदालत परिसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राणाले घुमाउरो ढंगले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाले गरेको निर्णयबारे प्रश्न उठाइएको भन्दै विरोध जनाएका हुन्।
एनसेलले लाभकर, ब्याज र जरिवानासहित ६२ अर्ब रुपैयाँ तिर्नुपर्ने गरी ठूला करदाता कार्यालयले गरेको निर्णय यस अघी सर्बोच्छ अदालतले बदर गरेको थियो ।
सर्बोच्चको उक्त फैसलाका कारण राज्यले ठुलो घाटा बेहोर्नु परेकोले उक्त बिशयमा थप अध्ययन गर्ने नेपाल वारले निर्णय गरेको छ।








