दसैँको मुखमा तरकारिको मुल्य आकासिदै, नियन्त्रण गर्न सरकार असफल



काठमाडौँ –

तरकारीको मूल्य लगातार बढ्दै गएको छ ।चाडपर्व नजिकिँदै जाँदा बढ्दै गएको मुल्यको प्रत्यक्ष असरले सर्बसाधरणलाई पिरोल्ने निश्चित छ ।

कालिमाटी तरकारी बजार बाट प्राप्त यस महिनाको तरकारी मुल्यको हुसाब गर्दा तरकारीको मुल्य ठुलो मात्रामा बढी रहेको प्रष्ट हुन्छ । पछिल्लो एक महिनाको अवधिमा कतिपय तरकारीको मूल्य २५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

कालिमाटी बजारको थोक मूल्य सूचि अनुसार महिना दिनअघि अर्थात भदौ १२ गते थोक मूल्य किलोको ५५ रुपैयाँ रहेको रायो तथा पालुंगोको सागको मूल्य असोज १२ गते आइतबार किलोको १९५ रुपैयाँमा पुगेको छ । महिना दिनअघिको मूल्यसँग तुलना गर्दा सागको मूल्यमा २५४ .५५ प्रतिशत वृद्धि हो ।

साग मात्रै नभएर कालिमाटी तरकारी बजारमा  तिते करेला, बोडी , घिरौला, लौका, घिउ सिमी, भन्टा, आलु लगायतका तरकारिको मुल्य पनि ठुलो मात्रामा बढेको छ ।

दशै तिहार लगायतका चाड बाडका बेला  एकातिर सर्बसाधारणको खर्च बढ्ने र अर्को तर्फ यही बेला ब्यापारीहरुले दैनिक उपभोग्य बस्तुमा कृतृम मुल्यबृद्दी गर्दा सर्बसाधारण नागरिकहरु दोहोरो मारमा पर्ने भएकोले यस बेला बजारमा सरकारको हस्तक्षेपकारी उपस्थितिको लागी नागरिक अपेक्षा रहन्छ ।

नागरिक अपेक्षा अनुसार मुल्य नियन्त्रणमा राखेर नागरिकलाई राहत पुर्याउमु पर्ने दायित्व पुरा गर्न सरकार असफल भएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०७६ आइतबार  ६ : ४० बजे