काठमाडौं –
कृषि विकास बैंक लहान शाखाका लोन प्रमुख सुनिलकुमार झा पक्राउ परेका छन् । ह्याक गरी उक्त बैङ्क को ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा उनि पक्राउ परेका हुन ।
उनलाई लहानबाटै पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाका अनुसार ह्याकर समूहले झाकै युजरनेम र पासवर्ड प्रयोग गरेको पाइएको छ । उनलाई बैंकले समेत निलम्बन गरिसकेको महानगरीय अपराध महाशाखाले बताएको छ ।
ह्याकर समूहले कृषि विकास बैंकको लहान शाखाको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेको थियो । गत आइतबार प्रहरीले एकैदिनमा ह्याकिङमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । त्यसपछि थप चारजना पक्राउ परिसकेका छन् । ह्याकरले कृषि विकास बैंकमा खाता रहेका २२ जनालाई रकम पठाएको अनुसन्धानका क्रममा खुलेको छ ।
उक्त प्रकरणमा सम्लग्न लवाङ तामाङ, लक्ष्मी तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुभंकर पन्जा, विजय शाह, चन्द्र बहादुर बुढा, रामकृष्ण भुसाल, यज्ञराज भट्ट, मालती देवी न्यौपाने र गणेश बस्याललाई पक्राउ गरिसकेको छ ।








