काठमाडौं-
आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेश उपस्थितिमा राष्ट्रिय सभा गृहमा कार्यक्रमआयोजना गरेर सरकारले नेपाललाई आज ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्दैछ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाललाई खुला दिशामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर मुुलुकको रुपमा घोषणा गर्नेछन्। घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली राष्ट्र बन्नेछ।
खानेपानी मन्त्री विना मगरका अनुसार सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको हो।
खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारीसमेत गराएको थियो








