काठमाडौं-
सभामुख महरामाथि बलात्कार आरोप लागेपछी उक्त विषयमा छलफल गर्न बसेको नेकपाको सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ।
बैठकपछी निर्णय बारे पत्रकारहरुलाई जानकारी गराउदै नेकपाका प्रबक्ता नारायनकाजी श्रेष्ठले भने ‘प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको नैतिक आचरणका सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले सभामुख कृष्णबहादुर महराले सभामुख तथा प्रतिनिधिसभाका सदस्य पदबाट राजिनामा दिएर छानबिन प्रक्रियालाई सघाउनुपर्दछ भन्ने निर्णय गरेको छ।’
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएपछि सचिवालयको बैठक बसेको हो।








