यो वर्षको डिभी खुल्यो, अनलाईनबाटै भर्न सकिने



काठमाडौँ-

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा (डीभी)काे आवेदन खुलेकाे छ ।

सन् २०२१ का लागि खुलेकाे आवेदन अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिने जनाएकाे छ । २०१९ अक्टुबर २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिने अमेरिकाको आप्रवासी ऐन(इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को सुचनामा उल्लेख गरिएको छ ।

यस वर्ष अमेरिकाले ५५ हजार जनाका लागि डिभी आवेदन खुलाएकाे छ । डिभी भर्नकाे लागि कुनै शुल्क नलाग्ने र आफैले भर्न सकिने बताएकाे छ । डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ ।

कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : आश्विन १५, २०७६ बुधबार  ५ : ३२ बजे