विराटनगर,१६ असोज –
पोखरीया राधाकृष्ण पंञ्चायन मन्दिर , राधाकृष्ण भजन मण्डली र युवा समुहले आयोजना गरेको सामुहिक जमरा राख्ने कार्यक्रमको नयाँ कर्ता नेपाल विद्यार्थी संघका पुर्व सह–महामन्त्री कृष्ण कार्कीले पुजा अर्चना शुरु गरेका छन ।
पोखरीयाको ठुलो मिल नजिकै रहेको दुर्गाको मन्दिरमा घटस्थापनाको दिन समुहिक पुर्जा अर्चाना गरेर नयाँ कर्ताको काम शुरु गरेका हुन । विराटनगर महानगरका प्रमुख भिम पराजुलीले विगतका वर्षहरुमा समुहिक जमरा राख्ने कार्यक्रमको कर्ताको भुमिका निर्वाह गरेका थिए । सो कार्यक्रम पुस्तान्त्रण भएको छ । युवा समुहले कार्कीलाई जिम्मेवारी पुस्तान्त्रण गरेको हो । कार्की नेपालि विद्यार्थी संघका पुर्व सह–महामन्त्री हुन । उनि काग्रेका युवा तथा जुझारु नेताकारुपमा परिचित छन ।
एक सय परिवारले जमरा राखेको सो मन्दिरमा बैदिक सनातन धर्मावलबीहरुको धार्मीक विस्वासलाई कायम राख्न सो कार्यक्रम थालिएको कर्ता कार्कीको भनाई छ उनले थपे,‘ नेपाली जनतालाई सुख शान्ति र अमन चयन प्राप्त होस भनेर भगवानको आरधाना गरिरहेको छु ,‘ । राजनितीक, धार्मीक र साँस्कृतीक काममा सक्रीय कार्की समाज सेवी समेत हुन ।










