वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको गएराती निधन



काठ्माण्डौ-

वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा शनिबार राति निधन भएको छ।

कलेजोसम्बन्धी समस्याबाट पीडित आचार्यको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।केहि दिन अगाडी वीर अस्पतालमा उपचार गराएर घर फर्किएका आचार्यलाई पुनः सो समस्याले च्यापेपछि शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेपाल टेलिभिजनमा २०४४ सालबाट सेवा सुरू गरेका आचार्य पछिल्लो दुई वर्षदेखि न्यूज-२४ मा समाचार प्रमुखका रूपमा कार्यरत थिए।त्यस्तै उनले लामो समय सम्म रत्न राज्य लक्ष्मी कलेज लगायतमा पत्रकारिता विषयको प्रशिक्षणमा समेत सक्रिय थिए।

प्रकाशित मिति : आश्विन १९, २०७६ आइतबार  ४ : ११ बजे