काठ्माण्डौ-
पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरिले सिंहदरबार प्रहरी वृत्त अनामनगरमा राखेको छ ।
प्रहरिका अन्य हिरासत कक्ष भन्दा सुविधा सम्पन्न भएकोले महरालाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको हो ।
यसअघि पनि भिभिआइपी र भिआइपीहरू पक्राउ पर्दा त्यही राखिने गरिन्थ्यो।
सरकारी निबासबाटै आइतबार साँझ पक्राउ गरे लगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको हो।








