पक्राउ परेका निबर्तमान सभामुख महरालाई सिंहदरबार प्रहरी वृत्तमा राखियो



काठ्माण्डौ-

पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरिले सिंहदरबार प्रहरी वृत्त अनामनगरमा राखेको छ ।

प्रहरिका अन्य हिरासत कक्ष भन्दा सुविधा सम्पन्न भएकोले महरालाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको हो ।

यसअघि पनि भिभिआइपी र भिआइपीहरू पक्राउ पर्दा  त्यही राखिने गरिन्थ्यो।

सरकारी निबासबाटै आइतबार साँझ पक्राउ गरे लगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको हो।

प्रकाशित मिति : आश्विन १९, २०७६ आइतबार  २ : २० बजे