मध्य अफ्रिकी गणतन्त्रको कंगो नजिकै शान्ती सेनाको मिसनमा रहेका रिजालको दशै अनुभब



काठ्माण्डौ-

पोहोर साल मैले जानीबुझी दशै अफ्रिकामा मनाउने निधो गरेको र मनाएको अहिले पनि ताजा सम्झना छ। तेस्को कारण थियो तिहार चाहि नेपालमा मनाउने। किनकि परार साल भाइटिका लगाइएन , एक प्रकारको पालो गरेको भन्दा पनि फरक पर्दैन एक साल दशै, अर्को साल तिहार।

यो पालि म पाच महिना नेपाल बसेर दशैको मुखमा फेरि जागिरको शिलशिलामा अफ्रिका तिर हन्निए। पहिले आएको ठाउ भएरपनि हुन सक्छ मलाइ गारो चाहि भएन। जब जागिरमा हाजिर भए, तब म केन्द्रिय कार्यलय बाट केहि समयको लागि फिल्डमा जानु पर्ने भयो र यो कलम चलाइरहदा म अहिले ओबो, मध्य अफ्रिकी गणतन्त्रको दक्षिणपुर्वी गाउ स दक्षिण सुडान र डिआर्सी कंगो बाट नजिक छु । मैले पोहोर सालको दशै पनि यहि मनाएको थिए। गर्न त खासै केहि गरेको होइन, आहा आज त दशै, आहा आज त फुलपाति।।।।। आज त टिका भन्दाभन्दै सक्केको थियो।

यो ठाउ मलाइ लाग्छ दुनियाको सबैभन्दा दुर्गम ठाउमध्य एक हुनु पर्छ। मलाइ दुर्गम ठाउनै मन पर्छ। लाग्छ शहरको दुशित हावाबाट जति टाडा बस्न पाउछु, उति उमेर बड्दै जानेछ, चाहे रहरले होस चाहे बध्यताले । त्यसैले पनि खुसी छु। यहाका मानिसहरु सोझा छन, झै(झगडा पनि खासै सुन्दिन। तुलनात्मक रुपमा मलाई यो ठाउ मन पर्छ। यहाको गज्जब्को कुरा के छ भने यहा पैसा खर्च गर्न पर्दैन, बजारनै छैन भने हुन्छ। जाने ठाउ पनि कतै छैन, भेट्नु पर्ने जति सबै एकै घेरामा भेट हुन्छ। राजधानी शहर बान्गुइ बाट यु।एन।को हवाइजहाज आउदा हवाइमैदानमा एक प्रकारको रमाइलो र कौतुहलता भने कामको बिचमा पनि हुन्छ र यहाको जिन्दगी मुख्यतया त्यसैमा टिकेको छ।

सानो छदाको दशैं अर्कै दशैं जस्तो लाग्ने। दशैंमा मात्रै भएपनि सानो हुन पाए कम्ता रमाइलो हुदो हो तरु तर यो कल्पनाको केहि फाइदा छैन । सोच्दासोच्दै भोली टीकाको दिन आइसक्यो। तेसैले अर्को दशैं नेपालमा मनाउने योजना भन्दा यो दशैंमा अरु केहि गर्न सकिन्न। म नेपालमा भएको भए सायद मेरो सानो छोरो अलिबडि खुसि हुदो हो, छोरी पनि अनि लक्ष्मी र बुढि आमा पनि। दाजुभाइ, दीदीबहिनी, भाउजु(बुहारी, भतिजाभतिजी, भान्जाभान्जी, साथीहरु छरछिमेक।।।‘ सबैलाइ भेटेर म पनि खुसि हुदो हु। फेरि सम्झन्छुः म एक्लो नेपाली होइन, पचास लाख भन्दा धेरैको आज एस्तै हाल छ। मात्र कोही कता कोही कता होलान, सबैको भोगाइ भोग्नु सामान्य नै सम्झनु पर्छ।

जतिनै कुरा गरेपनि मनमा बेचैन छ नै । छिन छिनमा नरमाइलो पनि लागिरहन्छ। कामले गर्दा आज अलिकति राहत भयो दिनभरि ब्यस्त। पोहोर साल पनि मैले आमाको हात को टिका निधारमा पाइन, एसपाली पनि। हाम्रो तिर २ साल छुटेको टिका तेश्रो साल पनि नलगाउनु भन्छन। म अर्को साल के गर्छु अहिले भन्न सक्दिन, समय समयमा मैले परम्परा तोडेको छु। शुशिल ९नेपाली सेनाका एक जना होनाहार प्रमुख सेनानी, आँखामा राखेपनि नबिझाउने दाइलाई रोक्न पनि खोजेको थिए, तर दाइको बुबा सारै बिरमी भन्ने खबर आयो, दाजु पनि हिड्नु भयोस नेपाली मध्ये एक्लै परियो।

म त हुर्केको छोरो, मन बुझाउन सकेको छु, तर पक्का छ, आमालाइ रमाइलो खट्केको छ। लक्ष्मि २ साल लगातार लोग्ने बिनाको टिका थाप्दै छे, पालो मिचेर टिका थाप्न पर्दा पक्कै गारो हुदो हो। फेरि लाग्छ कुरा बुझेकी छ र नरमाइलो चाही नमान्ली । पमा र पम , यी दुइले बाबाको हातको टिका जमरा नपाएपनि आशिर्बाद्को खट्को भने परेको छैन भन्ने बिश्वास छ। मेरो आशिर्बादका लागि यिनीहरुलाइ दशैंको टिका कुर्नै पर्दैन, त्यो सदा सर्बदाको लागि छदै छ। बाँकी सबजनाको छुटेको छैन क्यार। यी सबै कुरा मनमा खेलाएर अर्को साल आफैले बनाएको कलंकी, काठमाण्डौको घरमा सबै परिवार संगै दशैं मनाउने मनोकामना राखेर चित्त बुझाउने निधो गरे।

बेला बेला देश, चलेको राजनिति  त्यो भित्र फस्टाएको ब्यापार, अनि म जस्ता लाखौ बिदेशिएका युवाहरु तिर पनि मन जान्छ। अरु धेरै त के कुरा, म हिडेको २/३ हप्तामा के के भैसकेको ,चितवनमा एक हुल जम्मा भएर एक जनालाइ कुटेछन, सिकाको रे१ सभामुख भन्ने पद खाली भयो रे, त्यो कहानी यहा सान्दर्भिक छैन, काठमाण्डौं झिलिमिलि भयो रे, दशैं आएर चै त होइन, पाहुनाको लागि अरे। तर यो दशैं छुटेको रन्कोमा के दशथरि कुरा मनमा खेलाउनु भन्ठान्छु।

एस्तै एस्तै यावत कुरा मनमा खेलौदा खेलाउदै म निदाउने छु। बिउझिदा फेसबुक रंगीन हुनेछ। सबैको निधारमा टिका र जमरा हुनेछ। म भन्दा साना लाई मैले पोहोर साल भिडियो कल बाट आशिर्बाद दिएको थिए, भोली पनि त्यसै गर्नु छ। त्यसैले सुत्नु पर्छ।

राजाराम रिजाल-

७ अक्टोबर २०१९, मिनुस्का क्याम्प, ओबो , मध्य अफ्रिकि गणतन्त्र

प्रकाशित मिति : आश्विन २२, २०७६ बुधबार  १ : ५२ बजे