आगामी निर्बाचनमा राष्ट्रपति ट्रम्पका प्रतिस्पर्धी जो बाइडनद्वारा ट्रम्प माथि महाभियोग लगाउन आह्वान



काठ्माण्डौ,एजेन्सि-

अमेरिकि राष्ट्रपतिको आगामी निर्बाचनमा बर्तमान राष्ट्रपती डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी ठानिएका जो बाइडनले राष्ट्रपति ट्रम्प माथि महाभियोग लगाउन  पहिलोपटक सार्बजनिक रुपमा आह्वान गरेका छन्।

आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले कानुन पालनामा अवरोध उत्पन्न गराएर ट्रम्प स्वयंले आफूमाथि लागेको आरोप प्रमाणित गराइसकेको दाबी गर्दै राष्ट्रपती ट्रम्प माथी महाअभियोग लगाउन आह्वान गरेको अन्तर्‍आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकि राष्ट्रपती उम्मेदवार मनोनीत हुने दौडमा रहेका बाइडन अमेरिकाका भूतपूर्व उपराष्ट्रपति समेत हुन ।

राष्ट्रपती ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा आफ्ना सम्भाबित प्रतिस्पर्धिलाई कमजोर बनाउन विदेशी हस्तक्षेप आह्वान गरेको आरोप खेपीरहेका छन । ट्रम्पले ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन युक्रेनी राष्ट्रपतिलाई टेलिफोन मार्फत आग्रह गर्नु  गैह्रकानुनी भएको भन्दै ट्रम्प बिरुद्द दुइ वटा उजुरी परेका छन ।

राष्ट्रपति ट्रम्पका बिपक्षी डेमोक्याट्रिक सांसदहरुले ट्रम्प विरुद्ध महाअभियोग लगाउने तयारी गरी रहेका छन । डेमोक्र्याटिक सांसदहरुले अमेरिकि संसदको तल्लो सदन प्रतिनिधिसभामा ट्रम्पविरुद्ध महाभियोगको छानबिन गरिरहेका छन्।

डेमोक्याट्रिक पार्टिको तर्फबाट राष्ट्रपती उम्मेद्वार बन्ने दौडमा रहेका बाइडनले ट्रम्प बिरुद्द लागेको आरोपको छानबिनमा ह्वाइट हाउसले सहयोग नगर्ने बताएको भोलिपल्ट बाइडनले ट्रम्प माथि महाभियोग लगाउन आह्वान गरेका हुन ।

राष्ट्रपती ट्रम्पले भने ट्विटरमा उनको आह्वानप्रती अपमानजनक शब्द प्रयोग आरोपको खण्डन गरेका छन ।

थप समाचारका लागि-

अमेरिकि राष्ट्र्पती ट्रम्प बिरुद्दको छनबिनमा ह्वाइट हाउसले सहयोग नगर्ने

दोश्रो पटक पनि उजुरी परेपछी अमेरिकि राष्ट्रपती ट्रम्प अफ्ठेरोमा

प्रकाशित मिति : आश्विन २३, २०७६ बिहीबार  ४ : ४२ बजे