चिनियाँ राष्ट्रपति सी चिनफिङलाइ राष्ट्रपति भण्डारीले स्वागत गर्ने



काठमाण्डौ-

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएकी छिन् ।

सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालको राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सीलाई स्वागत राष्ट्रपतिले गर्ने जानकारी दिएका छन।

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपतिले स्वागत गर्ने विषय सामान्य रहेको पनि स्पष्ट पारे ।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको र चिनियाँ राष्ट्रपतिको भ्रमण पूर्ण रुपमा सफल हुने पनि बताएसंचारमन्त्री बास्कोटाको भनाई छ ।

तेस्तै मन्त्रिपरिषद् बैठकले  विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू.२ अर्व ७१ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने ,विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने ,आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने लगायत निर्णय गरेको छ ।

तेस्तै बैठकले सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७६ बिहीबार  १ : ४८ बजे