पूर्व सभामुख महराको सांसद पद पनि निलम्बन



काठ्माण्डौ-

यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्ण बहादुर महराको सांसद पद पनि अब निलम्बन भएको छ ।

प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था अन्तर्गत महराको सांसद पद निलम्बनमा परेको संघीय संसद सचिवालयले जनाएको छ ।

दशैको बिदा परेका बेला महरा पक्राउ परेकाले बिदा सकिएपछी कार्यालय खुलेकै दिन (बिहिबार्) सचिवालयले उनी सांसद पदबाट निलम्बनमा परेको सूचना जारी गरेको हो । निलम्बनसँगै महराको सांसदको हैसियतमा पाउने सेवा–सुविधासमेत रोक्का हुनेछ ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सुचना जारी गर्दै महरा सांसदबाट निलम्बित भएको जनाएका छन ।

महराले सचिवालयकै कर्मचारी शाहीलाई तीनकुनेस्थित निवासमा गएर दुर्व्यवहार गरेको समाचार  सार्वजनिक भएपछि  पदबाट राजीनामा दिएका  महरा  घटनाकी पिडित रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको किटानी जाहेरी दर्ता गरेपछि प्रहरी हिरासतमा रहेका छन । ।

प्रकाशित मिति : आश्विन २३, २०७६ बिहिबार  २ : ५२ बजे